सप्तरी, १२ असार । जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका कांग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन् ।