महोत्तरीको गौशालामा छतबाट लडेर एक महिलाको मृत्य

महोत्तरी, १२ असार । महोत्तरीको गौशालामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
गौशाला नगरपालिका–५ मा शनिबार राति दुईतले घरको छतबाट लडेर २६ वर्षीया पुनम महतोको मृत्यु भएको हो ।
जलेश्वर नगरपालिका–४ सुगा घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी महतोको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


