रौतहट, ११ असार । रौतहटमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको दक्षिणीभेग राजपुर नगरपालिकामा राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खस्दा मृत्यु भएको हो ।

उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।