काठमाडौं, ११ असार । राप्रपा नेपालको सुदूरपश्चिम अध्यक्षमा ललित जोशी मनोनीत भएका छन् ।

अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम जोशीलाई सुदूरपश्चिम प्रदेको अध्यक्षमा मनोनीत गरेका हुन् ।

जोशीलाई जिम्मेवारी दिँदै थापाले हिन्दू राष्ट्रको पुनर्स्थापना र राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा लाग्न निर्देशन दिएका छन् ।