आगामी निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने पोखरेलको दाबी

काठमाडौं, ११ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा एक्लै निर्वाचन लड्दा केही मतले पछि परेको उनको तर्क छ । उनले निर्वाचनमा चार पाँच प्रतिशत मात्र मत बढाए एमाले पुनः पहिलो शक्ति बन्ने दाबी गरे ।
मुलुक बनाउने शक्ति एमाले मात्रै भएकाले जनताले आगामी निर्वाचनमा सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । उनले पार्टीलाई संगठित र एकताबद्ध बनाएर जनताको बलमा निर्वाचन जित्ने बताए ।
विगतमा मधेसमा चौथो पोजिसनमा रहेको एमाले स्थानीय तह निर्वाचनपछि अहिले दोस्रो पोजिसन कायम गरेकोमा उनको भनाइ छ ।उनले मधेसको समस्या समाधानमा एमाले प्रतिबद्ध रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


