काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव

काठमाडौं, ११ असार । गत जेठ ३ गते नेपालका लागि राजदूत नियुक्त भएका भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।
नियुक्त भएको एक महिनापछि श्रीवास्तव शनिबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनी नयाँदिल्लीबाट भिस्तरा एयरको उडानमार्फत काठमाडौं आइपुगेका हुन् ।
राजदूत श्रीवास्तवलाई भारतीय राजदूतावासका नियोग उपप्रमुख एवं कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालिरहेकी नामग्य सी खम्पा, दूतावासका अधिकारी र शुभेच्छुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
श्रीवास्तव चिनियाँ मामिला जानकार हुन् । उनले भारत चीन तनाव साम्य पार्न महत्वपूर्ण भूमिका खेलेका छन् । यसअघि विदेश मन्त्रालयमा एडिसनल सेक्रेटरीका रुपमा श्रीवास्तवले पूर्वी एसिया डेस्क हेरिरहेका थिए ।
निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएका छन् । उनको ठाउँमा श्रीवास्तवलाई नियुक्ति गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


