लैंगिक अल्पसंख्यक समुदायलाई सीप तथा आयमूलक कार्यक्रम सुरु

हेटौंडा, ११ असार । बागमती प्रदेशको राजधानी हेटौँडामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आवश्यक सीप तथा आयमूलक दुई दिने छलफल कार्यक्रम शनिबार सुरु भएको छ ।
प्रदेशका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आयमुलक सीप विकासका तालिम तथा अवसरको व्यवस्थापन मिलाउने उदेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको फ्रेण्ड्स हेटौँडाकी संयोजक किरण थापाले बताइन् ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिककले आफ्ना समस्या र भोलिका दिनमा आवश्यक पर्ने कदमबारे आफ्ना भनाइ राखेका थिए ।
बागमती प्रदेश युवा परिषद् तथा युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोग तथा फ्रेण्ड्स हेटौँडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रम प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको आतिथ्यमा भएको थियो ।
छलफल कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, रिकभरिङ सेन्टरका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
दुईदिने कार्यक्रम अन्तर्गतको कार्यक्रम आइतबार समापन हुने फ्रेण्ड्स हेटौँडा, मकवानपुरकी संयोजक किरण थापाले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


