जनकपुरधाम, ११ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।

सरकारले शनिबार पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गर्ने निर्णय गरेको हो ।

सरकारले पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी निगमले सार्वजनिक नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ कायम गरिएको छ ।