सप्तरीका १८ मध्ये १३ स्थानीय तहको मात्र नगर तथा गाउँसभा सम्पन्न

सप्तरी, ११ असार । सप्तरीका १८ स्थानीय तह मध्ये १३ स्थानीय तहले मात्र नगर तथा गाउँसभा सम्पन्न गरेको छ ।
आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।
बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् ।
सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।
तयारी नपुगेकाले गाउँ तथा नगर सभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् ।
असार १० भित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नु पर्ने भएपनि यी स्थानीय तहले बजेट ल्याउन सकेको छैन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


