सप्तकोशी नदीमा डुंगा पल्टिँदा एकजना बेपत्ता

जनकपुरधाम, ११ असार । सप्तकोशी नदीमा डुंगा पल्टिँदा एकजना बेपत्ता भएका छन् ।
दाउरा झिक्न सप्तकोसी नदीमा गएका सुनसरी बराह क्षेत्रका अमर विष्ट बेपत्ता भएका हुन् ।
बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोशी नदीमा डुंगा पल्टिँदा स्थानीय दुर्गा काफ्ले, टिकाराम वस्नेत र नितेस बस्नेत नदीमा डुबेका थिए ।
स्थानीय हिमाल राईले उनीहरुको उद्धार गरेका थिए । उनीहरु सप्तकोशी नदीमा काठे डुंगा लिएर दाउरा खोज्न जाने क्रममा डुंगा पल्टिएको सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक निगम राईले जानकारी दिए ।
बेपत्ता भएका विष्टको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विष्टको खोजी तथा उद्धार लागि गोताखोर टोली परिचालन गरिएको राईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


