जलेश्वर कारागारमा एक कैदीको मृत्यु

महोत्तरी, १० असार । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेका छन् ।
कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादवको शुक्रबार बिहान मृत्युु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिहान २ बजे एक्कासी बेहोस भएका उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


