जनकपुरधाम, १० असार । प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष सञ्जिव मण्डललाई मातृशोक परेको छ ।

उनका माता मिना देवी मण्डलको ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनको केही समयदेखि उपचार हुँदै आएको थियो ।

उपचारको क्रममा बिहीबार राति करिव १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृतक मण्डलका ३ छोरा र १ छोरी छन् ।