बारा, ९ असार । प्रहरीले पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराका एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२२ चकरी बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा ललाई फकाई किशोरले जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

यस सम्बन्धमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटेको प्रहरी टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।