सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नासु महतो प्रहरी नियन्त्रणमा

सिरहा, ९ असार । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) स्मारक अस्पतालमा कार्यरत एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा नायब सुब्बा बासुदेव महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ ।
डिएसपी कुमार मैनालीले महतोलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


