इम्बोस्ड नम्बर प्लेट राख्दिनँ, बरू जेल जान तयार छु : भीम रावल

काठमाडौं, ८ असार । नेकपा एमालेका सांसद भीम रावलले आफूले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।
बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले छलफलका क्रममा सवारी साधनमा इम्बोस्ड नम्बर नहाल्ने बताउँदै सरकारले जेल हाले जान तयार रहेको बताए ।
संविधानविपरीत इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्न ठूलो चलखेल भएको समेत रावलको आरोप छ ।
’म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरू सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु’ रावलले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


