मन्त्री हेरफेरसम्बन्धी निर्णय चाँडै कार्यान्वयन हुनुपर्छ : खनाल

काठमाडौं, ८ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए ।
‘आज सचिवालयको बैठक बसेको थियो चाडै नै पोलिटब्युरो बैठक, केन्द्रीय समितिको बैठक, केन्द्रीय परिषद्को बैठकको तयारीको विषयका छलफल ग¥यौँ,’ समाजवादी प्रेस संगठन काठमाडौंद्वारा बुधबार आयोजित कार्यक्रममा खनालले भने, ‘यसबाहेक मन्त्रिपरिषद्मा हाम्रो टिम बदल्ने भनेर निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गरेका छैन, तुरुन्तै कार्यान्वयन गर्नुप¥यो भनेर निर्णय भएको छ ।’
मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


