बहुविवाह मुद्दामा जेल सजाय सुनाइएका फरार पतिपत्नी पाँच वर्षपछि पक्राउ

सप्तरी, ८ असार । बहुविवाह मुद्दामा जेल सजाय सुनाइएका फरार पतिपत्नी पाँच वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहा बस्तिपुर वडा नम्बर–९ घर भई हाल सुरुङगा नगरपालिका वडा नम्बर–३ बस्ने ४७ वर्षीय जलेसर यादव र उनको कान्छी श्रीमती मञ्जु यादव रहेका छन् ।
अशिया देवी यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भएको बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २ जेठ २०७३ मा जलेसर यादव र उनकी कान्छी श्रीमती मञ्जुलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
लुकिछिपी बस्दै आएका श्रीमान र कान्छी श्रीमतीलाई सप्तरीको सुरुङगा नगरपालिका–३ स्थितमाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नाउव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दुबैजनालाई जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लगि सप्तरी कारागार चलान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


