सिरहाबाट लागूऔषध गाँजासहित चाईनिज बाबा पक्राउ

सिरहा, ८ असार । प्रहरीले सिरहाबाट लागूऔषध गाँजासहित एक बाबालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–४ भुल्केका ६८ वर्षीय चाईनिज बाबा भन्ने रामदियाल राई रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मंगलबार करिब २ बजे चाईनिज बाबालाई उनको आफ्नै घरमा लागुऔषध गाजाँसहित पक्राउ गरिएको हो । उनलाई लागूऔषध गाँजाको पुरिया बनाई सेवनकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
प्रहरीले चाईनिज बाबालाई ४५० ग्राम गाँजा र गाँजाको धुलो २५० ग्रामसहित पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


