अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक भारतीय पक्राउ

पर्सा, ८ असार । पर्सा प्रहरीले अन्तर्राष्ट्रिय कल बाइपास गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला जौनपुर, थाना बादशाहपुर, ग्राम टेलाकुवाका ३८ वर्षीय ईरफान सुफियान खान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका–२ स्थित कोठा भाडामा लिई विभिन्न ईलेक्ट्रोनिक मेसिनहरू जडान गरेर गैर कानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको सूचनाको आधारमा साईबर ब्यूरो तथा जिप्रकाबाट खटेको संयुक्त टोलीले उनको डेरा खानतलासी गर्दा कल वाइपास गर्न प्रयोग भएका ईलेक्ट्रोनिक मेसिन तथा दशीका सामानहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले खानलाई ३२ पोर्टको भिओआइपी गेटवे, वर्लड लिंक र टेन्डा कन्पनीको राउटर, इन्भर्टर र सिमकार्ड सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


