जनकपुरधाम, ७ असार । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ जानकीनगरस्थित रामजानकी आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयको रुपमा स्तरोन्नती गरिएको छ ।

वडा नम्बर–७ का वडाअध्यक्ष निरज कुमार साह (मुन्ना)को पहलमा मंगलबारदेखि कक्षा ९ सम्म सञ्चालन गराई सो विद्यालयलाई माविमा परिणत गरिएको हो ।

शिक्षा सुधार नीति अनुसार प्राविधिक शिक्षा सञ्चालनका लागि कक्षा ९, १०, ११ र १२ थप गरि पूर्ववडाध्यक्ष जानकीराम साहको पालामा उनकै अध्यक्षतामा शिक्षा शाखामा सिफारिस गरिएको थियो ।

उनकै सिफारीस अनुसार आजदेखि सो विद्यालयमा कक्षा ९ सञ्चालन भएको छ ।

वडाध्यक्ष साहले यस कार्यलाई सफल बनाउनका लागि सहयोग गरेका नगरप्रमुख , उपप्रमुख, विद्यालयका प्रधानाध्यापक लट्टु साह तथा शिक्षा फाँटका प्रमुखलाई धन्यवाद दिएका छन् ।