चिर्पट प्रहार गरेर युवकको हत्या, एकजना पक्राउ

काठमाडौं, ७ असार । काठमाडौंको टोखा नगरपालिका–१ मा एक युवकको चिर्पटले हिर्काएर हत्या गरिएको छ ।
निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले पाँचथर घर भएका ४० वर्षीय खगेन्द्र लिम्बुलाई पक्राउ गरेको छ । असार ४ मा मध्यराति झगडा हुँदा खगेन्द्रले चिर्पट प्रहार गरेका थिए ।
काठको चिर्पटले हिर्काउँदा गम्भिर घाइते भएका दिपेनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


