इन्धनको मूल्य घटाउन नसकिने सरकारको प्रष्टोक्ति

काठमाडौं, ७ असार । सरकारले इन्धनको मूल्य घटाउन नसकिने प्रष्ट पारेको छ ।
प्रतिनिधिसभा मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाउन नसकिने प्रष्ट पारेका हुन् ।
सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री बडूले सरकारले यसअघि नै मूल्य घटाउनका लागि सकिने व्यवस्थाहरू गरिसकेकोले अब मूल्य घटाउन नसकिने बताएका हुन् ।
उनले यसअघि नै पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर बापतको छुट दिइसकेका र भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब रुपैयाँ तिर्न अझै बाँकी भएकोले मूल्य घटाउन नसकिने उल्लेख गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


