सर्लाही, ७ असार । सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक युवकको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको कबिलासी नगरपालिका-८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मंगलबार बिहान हत्या गरिएको अवस्थामा उनको शव घरभन्दा केही पर सडक छेउको खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

आज बिहान सो ठाउँमा स्थानियले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको ठाउँ र सडकमा रगतका छिट्टाहरू पनि देखिएको डीएसपी बुढाथोकीले बताए ।

प्रहरीले सो युवकको हत्याबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।