जनकपुरधामस्थित बाँसबारी होटलमा भीषण आगलागी, लाखौँको क्षति

जनकपुरधाम, ७ असार । जनकपुरधामस्थित एक होटलमा भीषण आगलागी भएको छ ।
मंगलबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ स्थित भैरव चोकमा रहेको बाँसबारी होटल एण्ड क्याफेमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
स्थानिय भरत साहले संचालन गरेको सो होटलको भान्साघरबाट लागेको आगो होटलको चारैतिर फैलिएको थियो ।
आगलागीबाट १५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
उनले आगलागीको कारण बारे अनुसन्धान भईरहेको बताए । नेपाली सेना र प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएको छ ।
जनकपुरधामको वरिपरि बाँसले निर्मित होटल नै नरहेको अवस्थामा केही नयाँपन दिने उद्देश्यका साथ गत असोज २१ गते घटस्थापनाको दिनदेखि युवा व्यवसायी भरत साहले सो होटल सञ्चालनमा ल्याएका थिए । 
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


