नगरप्रमुखमा पराजित स्वतन्त्र उम्मेदवार बलराम महतो जसपामा प्रवेश

जनकपुरधाम, ६ असार । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा पराजित स्वतन्त्र उम्मेदवार बलराम महतो जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा महतो जसपामा प्रवेश गरेका हुन् ।
महतोलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।
आसन्न आम निर्वाचनलाई दृष्टिगत गर्दै महतोले राजनीतिक दलको सदस्यता प्राप्त गरेका छन् । उनले धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने स्रोतले जनाएको छ ।
पार्टी प्रवेश गर्दै महतोले आफू अब सदै पार्टीको लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पार्टी प्रवेश गरेसँगै आफू अब जसपाको हनुमान बनेर काम गर्नेसमेत बताए ।
पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, जसपाका केन्द्रीय सदस्य लालकिशोर साह, रामअशिष यादवलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


