आर्थिक विधेयक २०७९ पारित

काठमाडौं, ६ असार । आर्थिक विधेयक २०७९ पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ बहुमतले पारित भएको हो ।
यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।
त्यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


