काठमाडौं, ६ असार । नेकपा एमालेले मूल्यवृद्धिबारे सरकारको जवाफ मागेको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेकपा एमालेकी सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी हुन् ।

त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गरेका थिए । सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । उनले सरकारले त्यसको जवाफ नलिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने समेत बताइन् ।

त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्य बारे सदनलाई जानकारी सरकारलाई रुलिङ गरेका थिए ।