रुपन्देही, ५ असार । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको आफन्तको मृत्यु भएपछि पालिकामा सार्वजनिक बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको हो ।

उपाध्यक्ष सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिएको उल्लेख गरेका हुन् ।

प्रकाशित सूचनामा मृतकको परिचय भने खुलाइएको छैन ।