हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने स्टेसन निर्माणका लागि जग्गा दिने निर्णय

हेटौंडा, ५ असार । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१५ मा विद्युतीय सवारी चार्ज गर्ने स्टेसन निर्माणका लागि जग्गा दिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले पूर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारी साधनलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्कानजिकै चार्जिङ स्टेसन निर्माणका लागि जग्गा प्रदान गर्ने निर्णय गरेको हो ।
वडा कार्यालय, स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहले जग्गा दिनका लागि समस्या नभएको निर्णय गरेपछि उपमहानगरको कार्यपालिका बैठकले स्टेसन निर्माणका लागि करिब ५ कठ्ठा जग्गा दान गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


