आफू प्रधानमन्त्री बन्न योग्य भएको थापाको भनाइ

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन् ।
उनले आफू योग्य मात्र नभएर अब हुने प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्नेसमेत संकेत गरेका छन् ।
कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा उनले दिएको यस्तो अभिव्यक्ति अहिले सामाजिक सन्जालमा निकै चर्चाको विषय बनेको छ ।
कार्यक्रममा उनलाई सोधिएको हुन्छ– तपाईं आफूलाई प्रधानमन्त्री पदका लागि योग्य सम्झिनुहुन्छ ? गगनले यसको जवाफमा भन्छन्, ‘अफ कोर्स ।’
उनले अब यस विषयमा सोच्ने मात्र नभएर प्रयाससमेत गर्ने कार्यक्रममा बताएका छन् । ‘कहाँ सोच्ने मात्र यसपाली त प्रयास गर्ने हो,’ उनले भनेका छन्, ‘सकिन्छ सकिँदैन थाहा छैन तर प्रयास अवश्य गर्छु ।’
उनले यसअघि प्रधानमन्त्री भइसकेका नेताहरुले अब फेरि प्रधानमन्त्री भइदिएर नेपाललाई थप गुन लगाइदिनु पर्ने कारण नभएको पनि बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


