काठमाडौं, ४ असार । शनिबार ३ दिने नेपाल भ्रमणमा आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् ।

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारले प्रसाईलाई सुनको लौरो हस्तान्तरण गरेका हुन् ।

राजकुमार मोक्तुमलाई विमानस्थल प्रसाईंले स्वागत गरेका थिए । बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका लागि पुगेका राजकुमार झापमा २ दिन बस्ने कार्यक्रम रहेको बताइएको छ ।

उनले काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने समेत जनाइएको छ । राजकुमार मोक्तुम एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन् ।