पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

बुटवल, ४ असार । भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ बस्ने २७ वर्षीय सुमित तुलाधर रहेको प्रहरीले जनाएको छ ।
साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए ।
मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको आरोप लगाएका छन् ।
यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा–१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


