सुतेकै ठाउँमा मृत भेटिए वडाध्यक्ष घर्ती

सुर्खेत, ४ असार । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।
शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् ।
उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट गत स्थानीय तह निर्वाचनमा जितेका थिए ।
घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसी बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


