रौतहट, ४ असार । रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एक बृद्धाको ज्यान गएको छ ।

जिल्लाको गढीमाई नगरपालिका–१ समनपुरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा ७० वर्षीया जसोधिया देवीको मृत्यु भएको हो ।

शनिबार बिहान करिब ८ बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्युु भएको स्थानीयले बताएका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।