मिटर ब्याजबाट पीडितभएकाहरुले गरे काठमाडौँमा आन्दोलन सुरु

काठमाडौं, ३ असार । मिटर ब्याजबाट पीडितभएकाहरु काठमाडौँमा आन्दोलन सुरु गरेका छन् ।
पैसा लिएर पनि जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन् ।
जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा दिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन् ।
मिटर ब्याज पीडित राजकुमारले साहू जगदीशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको बताए । उनले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको बताए ।
यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपैयाँ ऋण लिएको बताए ।
यस्तै रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


