काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको पीसीआर र २३० जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ६७३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै, ९ लाख ६७ हजार २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९५ जना सक्रिय संक्रमित रहेका छन् ।