विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध गर्यो आन्दोलनको घोषणा

काठमाडौं, २ असार । विप्लव नेतृत्वको नेकपाले एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
सो पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा एसपीपीविरुद्ध असार २ गते साँझ देशव्यापी मसाल जुलुस गर्ने, असार ३ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र असार ४ गते शहर र सदरमुकामहरूमा अन्तरक्रिया गर्ने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा एसपीपीविरुद्ध एकजुट हुन समेत प्रकाण्डले आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


