५१ किलो खैरो हेरोइनसहित ७ विदेशी पक्राउ

काठमाडौं, २ असार । काठमाडौंबाट ठूलो परिमाणमा खैरो हेरोइन बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेन्बेनी न्साम्बा, साबालाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरिन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोर्सस्ट छन् ।
उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।
उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


