धनुषा प्रहरीले हराएको एक बालिकलाई फेला पारी आफन्तको जिम्मा लगायो

जनकपुरधाम, २ असार । धनुषा प्रहरीले हराएको एक बालिकलाई फेला पारी आफन्तको जिम्मा लगाएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर–५ घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित जानकीनगरमा डेरा गरी बस्ने अशोक महतोको ४ वर्षीया छोरी रागनी महतोलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित ओमशक्ति स्कुल अगाडीबाट फेला पारी जिम्मा लगाइएको हो ।
रामजानकी निमावि जानकीनगरमा पढन गएको बेला हराएको भनि जानकारी जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आजै सो बालिकालाई खोजतलास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


