महोत्तरी, २ असार । महोत्तरी प्रहरीेले भन्सार छली गरेर नेपाल ल्याइएको लाखौँको समान बरामद गरेको छ ।

जिल्लाको जलेश्वर नगरपालिका–६ धबौली स्थित बाँध छेउमा भारतबाट नेपालतर्फ भन्सार छली गरेर ल्याइएका वेवारिसे अवस्थामा रहेको २ लाख ५० हजार ३३० रुपैयाँ बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीले भन्सार छली गरेर नेपाल ल्याइएको चिनी, दाल, खानेतेल, पापड, मिश्री, चना, बिस्कुट, रेडबुल, मिठाइ लगायतको खाद्यपदार्थ तथा कपडाहरु बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।