विभिन्न पार्टी परित्याग गरी तमलोपामा प्रवेश

जनकपुरधाम, १ असार । विभिन्न पार्टीमा आबद्ध नेताहरुले आज आ–आफ्नो पार्टी परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य भोला मिश्र जसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका छन् ।
त्यस्तै, पेशाकर्मी महासंघका प्रदेश सदस्य अमरेन्द्र कुमार झा र नेपाली कांग्रेसका कमल साह पनि पार्टी परित्याग गरी तमलोपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई तमलोपाका अध्यक्ष वृषेश चन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्य उमेश मण्डल, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंह, सतिश लाल दासलगायतकाहरुले बुधबार टिका र माला लगाई पार्टी प्रवेश गराएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


