जनकपुरधाम, १ असार । जिल्ला समन्वय समिति धनुषाका नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जिससका प्रमुख राजनन्द मण्डल राज र उपप्रमुख संगीतादेवी ठाकुरलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

सपथ लिएसँग उनीहरुले पदभारसमेत ग्रहण गरेका छन् ।

जिसस धनुषाको सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर, फगु यादव र महिला सदस्यहरूमा गीतादेवी यादव, विकादेवी मिजार र सोनितादेवी सदा निर्वाचित भएका छन् ।

त्यस्तै, दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन् । ।