विराटनगर, १ असार । प्रदेश १ सरकारको बजेटमाथि असार ५ गतेदेखि छलफल सुरु हुने भएको छ ।

सरकारले ल्याएको बजेटमाथि आगामी ५ असारदेखि छलफल हुने भएको हो ।

बुधबार प्रदेशसभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ को ११५ (१) बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि राजश्व र व्ययको वार्षिक वार्षिक अनुमानमाथि छलफल हुने घोषणा गरे ।