कर्णालीको बजेट ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा लागि ३६ अर्ब बराबरको बजेट ल्याएकोमा यस वर्ष ४ अर्ब घटेको हो ।
बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि कुल ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट प्रस्तुत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये चालूतर्फ ९ अर्ब १६ करोड ९९ लाख, १९ अर्ब ४३ करोड ५ लाख २४ हजार पुँजीगत र ४ अर्ब १ करोड ५७ लाख वित्तीय हस्तान्तरणतर्फ रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


