प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब बढीको बजेट ल्याएको छ ।
बुधबार सरकारले प्रदेशसभामा ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सरकारका तर्फबाट बजेट प्रस्तुत गरेका हुन् ।
उनले प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड १४ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपूरक अनुदानबाट ९२ करोड, विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजश्व तथा वित्तिय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरीने बताए ।
मन्त्री आङ्बोका अनुसार बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ३ अर्ब ५१ करोड ५५ लाख, तथा वैदेशिक अनुदानबाट २८ करोड ६८ लाख रुपैयाँ ब्यहोरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


