प्रदेश १ को नामाकरणका लागि कांग्रेसले थाल्यो छलफल

विराटनगर, १ असार । प्रदेश १ को नामाकरणका लागि सत्तारुढ दल नेपाली कांग्रेसले पनि छलफल थालेको छ ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले संसदीय दलका नेता राजीव कोइरालालाई अन्य दलसँग नामको विषयमा छलफल गर्ने जिम्मेवारी तोकेको छ ।
संसदीय दलले प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको प्रमुख सचेतक सूर्यराज राईले जानकारी दिए ।
त्यस्तै, संसदीय दलले प्रदेशमा राजनीतिक संयन्त्रका संयोजक समेत रहेका दलका नेता राजिव कोइरालाले अन्य दलसँग नामको विषयमा छलफल चलाउने र पार्टीले नामको विषयमा समान धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
अरु प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश एकको नाम राख्न अब विलम्ब गर्न नहुने कांग्रेसको जोड रहेका प्रमुख सचेतक राईले बताए ।
प्रदेशको नामको विषयमा गठबन्धन नेतृत्वको सरकारले स्वास्थ्य मन्त्री जयराम यादवको संयोजकत्वमा छलफल गर्न समिति बनाएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले पूर्व पनि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलले छलफललाई तीब्रता दिँदै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


