बुटवल, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सन्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा तीन सदस्य रहेका छन् । छानबिन समितिका सदस्य महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

यसअघि दाङबाट बुटवल ल्याइएकी वली अस्पताल भर्ना भएकी छिन् । उनले मंगलबार दाङमा एक सर्वसाधरणको घरमा गएर प्रेमी खोज्नै भन्दै एक महिला र बालिकालाई कुटपिट गरेकी थिइन् ।

स्थानीयले प्रदर्शन गर्न थालेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।