जनकपुरधाम, १ असार । कोरोनाका कारण विगत लामो समयदेखि उडान रोकेको श्री एअरलाइन्सले काठमाडौं–जनकपुरधाम रुटमा पुनः उडान सुरु गरेको छ ।

बुधबारदेखि दैनिक उडान हुने गरी यो रुटमा जहाज चलाउन थालिएको कम्पनीले जनाएको हो ।

काठमाडौंबाट १२ः३५ मा उड्ने जहाज जनकपुरधामबाट १ः३० मा काठमाडौं प्रस्थान गर्ने भएको छ । यसअघि यो रुटमा बुद्धले नियमित उडान गरिरहेको छ ।

कोरोनाअघि जनकपुरधाममा श्री एअरलाइन्सले नियमित उडान थालेको थियो ।