काठमाडौंबाट जनकपुरधाम आउन लागेको विमानको यात्रुको साथबाट एक राउण्ड गोली बरामद

काठमाडौं, १ असार । बुद्ध एअरको विमानमार्फत काठमाडौंबाट जनकपुरधाम आउन लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ ।
नियमित चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको हो ।
विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त, गौशाला पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


