रुपन्देही, ३१ जेठ । रुपन्देहीमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमास्थित न्यू लाइट स्कुलका ३० वर्षीय शिक्षक सन्दीप पौड्याल रहेका छन् ।

तिलोत्तमा नगरपालिका–१ शंकर नगरका पौड्याल सोही नगरपालिका–३ स्थित बिग चियर रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए । सोही क्रममा डुबेर उनी बेहोस भएका थिए । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।